बिएल संवाददाता
नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ।
नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो।
बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्। नेप्सेमा ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयरको किनबेच हुँदा दुई अर्ब २५ करोड १ लाख १७ हजार २ सय ९६ रुपैयाँको कारोबार भएको छ।
बुधबारको सेयर बजारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका इमर्जिँग नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त संस्था नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बुधबार पनि १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ।
त्यस्तै सर्किट लागेको सिलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा समेत १० प्रतिशत अर्थात् ६० रुपैयाँले वृद्धि ६ सय ७० रुपैयाँका कारोबार भएको छ।
सकारात्मक सर्किट लागेका इमर्जिँग नेपाल कम्पनीको १ सय १ रुपैयाँले बढेर १ हजार १ सय १३ रुपैयाँ, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्य १ सय ९ रुपैयाँले बढेर १ हजार १ सय ९९ रुपैयाँ र नेस्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८७ रुपैयाँ २० पैसाले बढेर ९ सय ५९ रुपैयाँ ८० पैसा पुगेको छ। बजारमा जम्मा २ सय ३२ कम्पनी को सेयर कारोबार भएकोमा २४ कम्पनीका सेयर धनीले गुमाएका छन्।
नेप्सेको सेन्सेटिभ इन्डेक्स १ दशमलव ७२ प्रतिशत बढेर ४ सय ८० अङ्कमा पुगेको छ। बुधबार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र विकास बैंक का सेयर धनीले नाफा कमाएका छन् सिद्धार्थ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल टेलिकम र शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया