बिमला गुप्ता
वीरगञ्ज फोरजी आर समूहका महिलाहरुले मन्दिरमा प्रसादको रुपमा खेर जाने खाद्यान्नलाई गरीब तथा विपन्नहरुमा बाँडेका छन्।
मारवाडी समुदायमा मनाइने ‘शितला माता’ को पुजाको अवसरमा समूहले नयाँ परिवर्तन गर्ने सोचका साथ प्रसादलाई बितरण गरेको समूहकी अध्यक्ष नुतन सरावगीले बताइन्।
मारवाडी समुदायले होली पर्व सकिएलगतै पहिलो साताको शुक्रबार, सोमबार र बुधबार विशेष परिकार बनाएर शितलामाताको दर्शनका लागि मन्दिर पुग्ने गरेको उनले बताइन्।
उनका अनुसार महिलाहरुले माताको पुजामा गर्मी याममा शितलता प्रदान गर्ने अन्नलाई प्रसादको रुपमा प्रयोग गर्ने गरेका छन्।
‘भरीभराउ रहेको पुजाको थालमा चामलको खीर, गुलियो सख्खरको भात, गुलियो पकौडी, , पुडि, बाजराको रोटी, दहि लगायतका परिकार शुद्धताका साथ महिलाहरु लिएर मन्दिर परिसरमा पुग्ने गर्छन्,’ अध्यक्ष सरावगिले भनिन्,‘ भगवानलाई भोग लगाएपछि खेर जाने प्रसादलाई एक ठाउँमा जम्मा गरेर बितरण गर्ने गरेका छौं।’
फोरजी आरकी नैनसी अग्रवालले भने पौष्टिक खाद्यान्नको प्रयोग गरी शुद्ध घिउमा शुद्धताका साथ तयार गरिएको प्रसाद खेर गएको देखेर उचित सदुपयोगका लागि अभियानमा चलाएको बताइन्।
मन्दिरमा दर्शनका लागि पुगेका एमवाइएमका अध्यक्ष गोविन्द शाहले सामाजिक कार्यमा निस्वार्थ रुपले लागेका महिलाहरुको कार्य सराहनीय रहेको बताए। साथै उनले गहवा माई मन्दिर परिसरमा नवरात्रीमा चढाइने ‘खोइच’ को प्रसादलाइ पनि अबको वर्षदेखि व्यवस्थित गर्ने बताए।
‘परम्परागत रुपमा मनाइँदै आएको यस्ता पर्वहरुमा चढाइने खानाहरु खेर जानुभन्दा कोहि गरीबको आहारको रुपमा प्रयोग भएको हुँदा यस्तो प्रयास जारी राख्नुपर्छ,’ उनले भने।
नुतन मीत्तलले प्रसादहरु खेर फालेर धर्मको काम नहुने बताइन्। आफूहरुले चढाएको प्रसाद भगवानलाई अर्पण हुने र साथै गरीबहरुले भोजनको रुपमा ग्रहण गर्दा एकदमै खुशी भएको उनले बताइन्।
अभियानमा फोरजी आर समूहलाई स्वयम् सेवकको रुपमा ‘वुमन्स क्रिएसनकी’ हेमा अग्रवाललेलगायत सहयोग पु¥याएका थिए।




न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया