एमाले बैठक : उम्मेदवारको सिफारिस चैत मसान्तभित्र गर्न निर्देशन

एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तभित्र सक्न निर्देशन दिएको छ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए।

पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत पारित गरेको छ। स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ। सोही आधारमा माथिल्लो कमिटीले उम्मेदवारको छनोट गर्नेछ।

प्रकाशित मिति: : 2022-03-24 16:14:00

प्रतिकृया दिनुहोस्