माधवकुमार ओली
राष्ट्रिय विद्युत प्रसारण लाइन नपुगेको रोल्पाको थबाङमा सोलार मिनिग्रीडबाट गाउँ झलमल्ल भएको छ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, एसियाली विकास बैंक र थबाङ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको सोलार मिनिग्रीडले थबाङका ४ सय १८ घरधुरी लाभान्वित भएका छन्।
यसै वर्ष सञ्चालनमा आएको १ सय ५० किलावाट क्षमताको सोलार मिनिग्रीडको लागत जम्मा ९ करोड १५ लाख २० हजार रहेको छ।
सोलार मिनिग्रीडबाट घर–घरमा वत्ती बाल्ने मात्र नभई गाउँमा घरेलु तथा साना उद्योग समेत स्थापना भएको थबाङ गाउँपालिका–२ का वडाध्यक्ष तथा थबाङ सौर्य मिनिग्रीड व्यवस्थापन समितिका अध्यक्ष बसन्त रोकाले बताए।
यसअघि लघु जलविद्युतबाट थोरै–थोरै गरी विद्युत सेवा उपभोग गर्दै आएका थबाङका स्थानीयले अब भने प्रसस्तै मात्रामा विद्युत प्रयोग गर्न पाएका छन्। सोलारबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी समेत भइरहेको छ।




माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया