बिएल संवाददाता
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाली रेडियोहरू लोकतन्त्रको जीवन मार्ग भएको बताएका छन्।
उनले नेपालगञ्जमा बुधबार सामुदायिक रेडियो प्रसारक संघको १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।
मन्त्री बडुले नेपाली रेडियोले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रसारणको लक्ष्य बनाउनु पर्ने कुरामा जोड दिँदै रेडियोको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
उनले लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्ने सवालमा रेडियोहरूको भूमिका अहम् भए पनि अव मानिसहरूको जीवनस्तर उकास्ने र सम्बृद्धिलाई जोड्ने गरी आफ्ना प्रसारण सामग्री उत्पादन गर्नुपर्ने सुझाव दिए।
नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले रेडियोहरूको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत् महसुलमा छुट लगायतका काम सरकारले गरेको उनको दाबी छ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो सम्मेलन १० गतेसम्म सञ्चालन हुनेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया