रामकुमार परियार
लक्ष्मी बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई विनाधितो ४ लाखसम्म कर्जा दिने भएको छ।
बेलायती दूतावासद्वारा सञ्चालित 'युके एड स्किल' कार्यक्रम अन्तर्गत लक्ष्मी बैंकले हाललाई युएई र मलेसियामा कार्यरत नेपालीहरुलाई विनाधितो ४ लाखसम्म कर्जा दिने भएको हो।
कर्जा प्राप्त गर्न ईच्छुक व्यक्तिसंग न्युनतम ६ महिना समयावधि भएको भिजा र राहदानीको प्रतिलिपी, मासिक तलब खुल्ने कागजात, कार्यरत देशबाट जारी गरिएको आवसिय परिचयपत्र हुनुपर्ने छ भने परिवारका सदस्यहरूलाई रेमिटेन्स पठाउँदा सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत पठाउनुपर्ने बैंकले जनाएको छ।
नेपालमा लक्ष्मी बैंक वा लक्ष्मी लघु वित्तको सबै शाखाहरुबाट अधिकत ४ लाखसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ। बैंकले हालै युएईमा कार्यरत नेपालीहरुसंग भर्चुअल अन्तकृया कार्यक्रमको आयोजना गरेर यसबारे जानकारी गराएको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ल्याइएको यो प्याकेजले नेपालीहरुलाई वैधानिक तवरले रेमिटेन्स पठाउन प्रेरित गर्ने युएईमा कार्यरत समाजसेवी कृष सुनार बताउँछन्। उनले धेरै नेपालीहरुले यसबाट लाभ लिन सक्ने बताए।
काठमाडौँमा रहेको बेलायती दूतावासको सहयोगमा सञ्चालित 'युके एड स्किल' कार्यक्रम निजि तथा सार्वजनिक क्षेत्रहरुसंगको साझेदारी गर्दै प्राथमिकताका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशिलताका अवसरहरु सृजना गर्न प्रदेश २ र लुम्बिनी प्रदेशमा क्रियाशिल रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया