नेपाल प्रहरीका २५ डीएसपीको सरुवा (सूचीसहित)

file photo
file photo

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कवित कटवाल अख्तियारमा, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, गोविन्दराज काफ्ले धनकुटा, तिलक भारती म्याग्दी, प्रकाश डाँगी रुकुम पूर्व, प्रतीक बिष्ट दार्चुला, प्रेमसागर केसी मनाङ सरुवा भएका छन्। 

त्यसैगरी रुकुम पश्चिममा विष्णुप्रसाद सोती, सन्तोष निरौला जाजरकोट, सुकदेव खनाल ओखलढुंगा, सुनिलजंग शाह सोलुखुम्बु र सुरज कार्की सुर्खेत सरुवा भएका छन्। 

प्रकाशित मिति: : 2022-03-23 10:29:00

प्रतिकृया दिनुहोस्