नेपाल राष्ट्रिय कर्माचारी संगठन (निजामती) जिल्ला कार्यसमिति जुम्लाकाे अध्यक्षमा मिलन बुढ्थापा निर्विराेध चयन भएका छन्।
कर्मचारी संगठनको पाँचौ जिल्ला अधिबेशनबाट तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका बुढ्थापालाई अध्यक्ष पदका लागि निर्विरोध चयन गरिएको हो। अध्यक्ष पदमा उनीसहित सिंगाे जिल्ला कार्यसमिति सहमतिका आधारमा चयन भएको छ।
विगतदेखि नै कर्मचारीको पेशागत सुरक्षा र हकअधिकार कार्यान्वयनका सवालमा वकालत गर्दै आएका बुढ्थापाले कर्मचारी संगठनको विरासतलाई थप सुदृढ र बलियो बनाउने बताएका छन्।
त्यस्तै, अधिबेशनबाट उपाध्यक्षमा सडक डिभिजन जुम्लाका सव–ईन्जिनियर वीरेन्द्र रावल, महिला उपाध्यक्षमा निर्माया अधिकारी, जितेन्द्र रावत र युवाराज न्यौपाने चयन भएका छन्। कोषाध्यक्षमा किरण न्यौपाने, सचिवमा उत्तम देवकोटा र सहसचिवमा जयराज कुमाई चयन भएका भए।
अधिवेशनले पदाधिकारी सहितका ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे हाे।