सोमबार, १५ डिसेम्बर २०२५

लेटाङ घटना : घाइतेलाई भेट्न अस्पताल पुगे नगरप्रमुख

News Image
• • •

बालिकालाई शिक्षकले दुर्व्यवहार गरेको घटनाले उग्र रुप लिएपछि भएको झडपमा घाइते भएका स्थानीय तथा प्रहरीलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विराटनगरका अस्पतालहरुमा पुगेर भेट गरी घाइतेको स्वास्थ्य स्थिति बारेमा जानकारी लिएका छन्।

शिक्षा विकास माविमा कक्षा ६ मा अध्य्यन गर्ने बालिकालाई यौन हिंसा हुने किसिमले दुर्व्यवहार गरेको घटना अनियन्त्रित हुँदा केही स्थानीय र प्रहरी घाइते भएका थिए भने प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो।

उक्त घटनाप्रति दुख व्यक्त गर्दै नगरप्रमुख राई घाईतेहरुका प्रति स्वास्थ्य लाभको कामना शिघ्र स्वास्थ्य लाभको कामना गरे।

मृतक प्रहरी जवान श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तव्ध परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै समवेदना समेत प्रकट गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!