जुम्लामा आँखाको मोतीबिन्दु सम्बन्धी निःशुल्क शल्यक्रिया

जुम्लामा आँखाको मोतीबिन्दु सम्बन्धी बिरामी भएका लागी नि:शुल्क शल्यक्रिया सुचारु गरिएको छ।

नेपाल नेत्रज्योति संघ जुम्लाको आयोजनामा जुम्ला सदरमुकाममा मोतीबिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया सुरु गरिएको हो। 

नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर रोकायाले जुम्लामा आँखामा समस्या भएका बिरामीलाई  घरआँगनमै सेवा दिने उद्देश्यले नि:शुल्क शल्यक्रिया गरिएको बताए। शिविरमा एक हजारभन्दा बढी आँखाका समस्या भएका नागरिकले उपचारका लागि नाम दर्ता गराएका छन्।

हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा ३८औं नि:शुल्क मोतीबिन्दु सम्बन्धी शल्यक्रिया गरिएको छ।

पहिलो दिन ६ सय जनाको परीक्षण गरिएको छ। हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीका अनुसार पहिलो दिनमै मोतीबिन्दुका ९० जना बिरामी भेटिएका छन्। उहाँहरूलाई छुट्टै राखिएको र २७ जनाको शल्यक्रियासमेत गरिएको बताइएको छ। दिलमाया शाही 

प्रकाशित मिति: : 2022-03-21 22:05:00

प्रतिकृया दिनुहोस्