एमालेले आगामी वैशाख ९ मा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए।
अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ।
बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए। मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ।