ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन्। 

प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन्।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ। 

आइतबार बिहान १० बजेबाट प्रहरीले फरम वितरण गरेको थियो। दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए।

ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। 

प्रकाशित मिति: : 2022-03-21 09:54:00

प्रतिकृया दिनुहोस्