म्यादी प्रहरीमा आवेदन दिने पहिलो दिनः टेकुमा यस्तो देखियो चहलपहल [तस्विरहरु]

स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाइने भएको छ।

 त्यसैले काठमाडौँ उपत्यकामा आजदेखि आवेदन दिनेको भीड लागिरहेको छ।

म्यादी प्रहरीको लागि आवेदन दिने समय चैत ११ गते भएता पनि आज पहिलो दिनै टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौँ कार्यालयमा आवेदन दिनेहरुको घुइँचो लागेको छ।

नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि खुलाएको आवेदनमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्ति सहभागी हुने भएका छन्।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त नेपाली नागरिकले भएकाहरुले आवेदन दिन सक्ने छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकाहरुलाई प्राथमिकता दिइने छ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३०२४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७२०० एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको बताइएको छ।


 

प्रकाशित मिति: : 2022-03-20 17:51:00

प्रतिकृया दिनुहोस्