जुवा खेलिरहेको अवस्थामा ललितपुरबाट ११ जना पक्राउ 

शनि शाक्य

ललितपुर

ललितपुरबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

ललितपुरको यल्मुलस्थिति ज्ञानी महर्जनको घरमा तास खेलिरहेको शनिबार उनीहरू पक्राउ परेका हुन्।

रजित महर्जनले ज्ञानीको घरमा कोठा भाडा लिई जुवा तास खेलाइरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४५ वर्षीय श्याम महर्जन, ३५ वर्षीय गणेश महर्जन, ४८ वर्षीय किशोर महर्जन, २९ वर्षीय रोशन महर्जन, ३९ वर्षीय रजित महर्जन रहेका छन्।

त्यसैगरी ४७ वर्षीय ईन्द्र महर्जन, ३५ वर्षीय एनिश महर्जन, २१ वर्षीय निकेन महर्जन, ४० वर्षीय काजी शेर्पा, ४२ वर्षीय अजय श्रेष्ठ र  २९ वर्षीय रविन वज्राचार्य पक्राउ परेका छन्।

उनीहरूको साथबाट कौडा गोटी, पासा खेल्न प्रयोग हुने लामो गोटीसहित नगद ७ लाख ४८ हजार ८४५ रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2022-03-20 11:57:00

प्रतिकृया दिनुहोस्