पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

file photo
file photo

पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन्।

पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो।

घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ।

रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो।

प्रकाशित मिति: : 2022-03-20 10:45:00

प्रतिकृया दिनुहोस्