अमेरिकाको मेरिल्याण्ड संसदमा दशै विधेयक पास, पक्षमा १२३, विपक्षमा ५ मत !

आज शुक्रबार मार्च १८, २०२२। अन्तत:  अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक अत्याधिक बहुमतले पारित भएको छ। दुबै पार्टी डेमोक्रेटिक र रिपब्लिकन पार्टीको समर्थनमा बाइ-पार्टिसन विधेयकको रूपमा पारित विधेयकको पक्षमा १२३ र विपक्षमा ५ मत परेको छ। 

विधेयक पारित हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने एक सांस्कृतिक चाडका रूपमा मान्यता पाउँनु हो। यस विधेयकमा हरेक वर्ष अक्टोबर ५ मा दशैं डे मनाइने भनिएको छ।

यो एउटा एउटा कठिन र लामो संघर्षबाट प्राप्त सफलता हो। यसका लागि हामी सबै धन्यवादका पात्र छौं, हामी सबैलाई बधाई।
- डेलिगेट डा. ह्यारी भण्डारी 

विधेयक पारित भएकोमा ब्रेक एन लिंक्ससँग संक्षिप्त प्रतिक्रिया दिदै विधेयक प्रस्तोता डेलिगेट डा. ह्यारी भण्डारीले भने, 'यो एउटा एउटा कठिन र लामो संघर्षबाट प्राप्त सफलता हो। यसका लागि हामी सबै धन्यवादका पात्र छौं, हामी सबैलाई बधाई।' 

सिनेटमा क्रस फायल भएको दशै विधेयक अझै विधायिकी प्रक्रियामै रहेको छ। सिनेटबाट पनि पास भए पछि मात्र विधेयक कानून बन्ने भएकाले अझै दशै ऐन बन्न बाँकि नै छ। यस बारेमा सोधिएको एक प्रश्नमा डेलिगेट डा. भण्डारीले भने, 'मैले म विधायक रहेको सदनबाट पारित गराएँ, मैले आफैं गर्नसक्ने अधिकतम कर्म यही हो। सिनेटमा पनि मेरै अनुरोधमा क्रस फाइल भएकाले म यसलाई अगाडि बढाउन थप पहल गर्नेछु। मलाई आशा एवं विश्वास छ, सिनेटबाट पनि यो विधेयक छिट्टै पारित हुने छ।'


यो समाचार पनि पढ्नुहोस् 

अमेरिकामा दशै विधेयक 'थर्ड रिडिङ'मा, पारित हुनेमा डेलिगेट भण्डारी विश्वस्त

प्रकाशित मिति: : 2022-03-18 21:49:00

प्रतिकृया दिनुहोस्