कास्कीमा पर्यटक लिन गएको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

फाइल फाेटाे
फाइल फाेटाे

कास्कीमा स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका– ८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको जिप पल्टिएको हो।

जिप पल्टिँदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको अस्ताम इको भिलेजको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडी पठाएर ल्याइएको छ।

प्रकाशित मिति: : 2022-03-18 19:19:00

प्रतिकृया दिनुहोस्