गत २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण

File Photo
File Photo

२४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ।पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन्।योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ।निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन।मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन्।मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट सङ्क्रमित छैनन्।नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत छ ।

हाल होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६९, आइसियुमा २७ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ।विगत २४ घण्टामा देशभर २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-03-18 17:08:00

प्रतिकृया दिनुहोस्