‘होली पर्वले हाम्रा मौलिक संस्कृतिका सबल पक्षलाई प्रवद्र्धन गर्छ’

File photo
File photo

फागु पूर्णिमा (होली) पर्वका अवसरमा सुडी समाज काठमाडौंले अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा आज होली मिलन समारोहको आयोजना गरेको छ। 

समरोहमा समाजका पादिधकारी, युवायुवती र महिलाको उल्लेख्य सहभागीता रहेको छ। उनीहरुले एकआपसमा रङअबिर दलेर होली मनाएका हुन्।

समारोहमा समाजका सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र समाजका अगुवा परमेश्वर महासेठले यस पर्वको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै हाम्रा मौलिक संस्कृतिका सबल पक्षलाई प्रवद्र्धन गरी यस पर्वलाई मितव्ययी र विकृतिरहित बनाउनुपर्नेमा जोड दिए। 

समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न समारोहमा समाजका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरी, महासचिव शीतलप्रसाद महतो, कोषाध्यक्ष श्रीरामपूर्वे, महिला उपसमितिका संयोजक अनिता निराला र सुडी समाज वीरगञ्जका अध्यक्ष अधिकलाल पञ्जियारलगायतका वक्ताहरुले वसन्त ऋतुको आगमनसँगै एक–आपसमा मेलमिलाप र सद्भावको सन्देश बोकेर आएको होली पर्वले हाम्रो मौलिक संस्कृति संरक्षणका साथै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न महत्वपूर्ण योगदान पु¥याउने बताए। 

प्रकाशित मिति: : 2022-03-17 13:13:00

प्रतिकृया दिनुहोस्