यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्नु हुन्न र?

पहिलोपोष्ट

सहयोग रञ्जित

‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’

गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?'

काठमाडौं उपत्यकामा रहेका दाफाहरुमा बिहान साँझ गुञ्जिने यो गीतको लयले फागुको उल्लासमा बग्लै रौनक थप्छ। कुनैबेला यी र यस्तै लोकभाका गाउँदै फागुका दिन शहर बजार परिक्रमा गर्थे युवाहरु। आफूलाई मनपरेको मान्छेसामु पुग्थे। अनि गीतमार्फत् नै आफ्ना भावना व्यक्त गर्थे। महिला पुरुष सबैका लागि प्रेम बोकेर आउँथ्यो वसन्त ऋतु। मतिना 'प्रेम' अभिव्यक्त गर्ने अवसर हुन्थ्यो फागु।

शहरका टोलटोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे युवायुवती। पुरुषहरु एकआपसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे। महिला टोली उनीहरुको स्वरमा स्वर मिलाउँथे। झण्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथाजस्तै भए।

 

प्रकाशित मिति: : 2022-03-17 10:30:00

प्रतिकृया दिनुहोस्