उदयपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

File photo
File photo

उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन्। 

स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी आलेमगरलाई बुधबार बिहान पौने ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो। 

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2022-03-16 16:59:00

प्रतिकृया दिनुहोस्