काठमाडौंमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन्।

स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाइकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए।

मोटरसाइकलसहित चालक प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति: : 2022-03-16 13:32:00

प्रतिकृया दिनुहोस्