आज यी प्रदेशमा वर्षाकाे सम्भावना

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। नेपालमा पहाडी भू–भागमा आंशिक बदली छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: : 2022-03-16 07:08:00

प्रतिकृया दिनुहोस्