सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ।
गृह सचिव टेकनारायण पाण्डेकाे अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले मंगलबार पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।