एनआरएनए जापानको कार्य समितिलाई अनैतिक संम्झौता नगर्न सुझाव

एनआरएनए जापानको अनिता गुरुङको कार्यसमितिलाई जापानका सम्पूर्ण राजनितिक दलहरु र संघ सस्थाहरुको पूर्ण सहयोग रहने सत्यलाई दबाउने बाहानामा अनैतिक संम्झौता नगर्न सुझाव दिइएको छ।

अनिताको अध्यक्षतामा आज सम्पन्न भएको भौतिक बैठकमा एनआरएनए जापानको २१/२३ कार्यकालको लागि निर्वाचन छानविन समितिको प्रतिवेदन कार्यन्वयन नभएसम्मको लागि अनिताको नेतृत्वमा रहेको कार्यसमिति नै आधिकारिक रहेको भन्दै उपस्थित जापानस्थित दर्जनौं संघ संस्थाहरु र राजनैतिक भात्री संगठनहरुले ढिलै भए पनि सत्यको जित हुने बताएको थियो। 

 हालसम्म भएका निर्णय सबै निर्णय सकारात्मक र सत्यको लागि भएता पनि कार्यान्वय पक्ष कमजोर बनेकोले अझै समस्या आएको धारणा राख्दै ओन्सेनको दुई बुँदे निर्णय र उच्चस्तरीय समितिले राजन प्रधानाङगलाई दिएको अधिकार अझै कार्यन्वय नहुनु जापानको लागि नै दुस्खद भएको बताए। 

सहभागिले पीडित पक्ष भन्दा पनि हामी समाजका अगुवा हौँ भन्नेहरु अहिले बढी चिन्तित रहेको र गलत तत्व हाबी भएकोले समाज र संस्थामा दुरगर्मी असर पर्ने बताए। 

एनआरएनएमा अग्रजहरुकै कारण समस्या झन् गिजोलिएको र थप समस्यामा नपार्न बैठकमार्फत अग्रज र अभियान्ताहरुलाई सचेत गराइएको थियो।

छलफलका धारणा तथा सुझाव संकलन

१. संस्थालाई सस्थागत रुपमा रहन दिनुपर्नेमा अनावस्यक गिजोलिने काम अग्रजहरुबाट भए।

२. निर्वाचन पराजयको विषय भन्दा पनि निर्वाचनमा नियति नै खराब भएको देखियो। 

३. निर्वाचन छानविन समितिको प्रतिवेदन,उच्चस्तरीय समितिको निर्णय र ओन्सेन बैठकका निर्णयहरु कार्यान्वय गर्न कसले रोक्योरु समितिले आफ्नो जिम्वेवारी तत्काल पूरा गर्नुपर्ने।

४. क्षेत्रिय समितिका दुई चरणका विज्ञप्ति संयोजकको मात्र हुन्,क्षेत्रमा पनि समिति एक तिर संयोजक अर्को तिर रहेका छन्। विज्ञप्तिहरु समितिको निर्णय भएर आएका होइनन्।

५. चोरलाई एक पक्षिय रुपमा समात्यो भनेर हुन्छ? कसको सहमतिमा चोर समात्ने हो तरुचोर र पुलिस एकै ठाउमा राखेक के सहमति गर्ने हो र?

६. एजेण्डा र माग ठिक छन् , तपाईहरु प्रमाण सहित स्पस्ट  रुपमा हुनुहुन्छ खुट्टा नकमाउनुहोस् हाम्रो साथ सत्यको लागि सधै रहिरहने छ।

७. यो साझा संस्था भएकोले बोल्नै पर्ने हुन्छ, यहाँ अन्याय नै भएको छ, हामी अहिलेसम्म पर्ख र हेरौँ मा थियौँ ,अब हामी संघ संस्थाहरु पनि तपाईहरु सँगै बोल्न र आवाज उठाउन बाध्य भएका छौँ।

८. आई सिसिमा उम्मेदवार हुनको लागि मात्र दुरुप्रउोग गरियो , जापानको विवाद  मिलाउन नसक्नेले आई सीसीमा गएर पनि दुरुप्रयोग मात्र गर्ने हो काम गर्न खोजेको होइन।

९. सत्य सिक्ने हो सत्य सिकाउने र सत्यको पक्ष्मा उभिने हो र संस्थालाई पारदर्शी बनाउने हो अनि मात्र जापानको नेपाली समाजको विकास हुन्छ र आउँदो पिढीले पनि राम्रो कुरा सिक्छ नत्र फटाहाहरुको पिछ लागस हुने पिढी जन्मन्छ र समाज धमिलिदैँ जान्छ र अविह्वास उत्पन गर्ने समाजको निर्माण हुन्छ।

१०. तपाईहरुले जापानको समाजको काम गर्न थाल्नुस् हामी सबैले तपाईहरुको राम्रो कामको लागि साथ दिने छौँ।

११. एनआरएनए जापानले आफ्नो राष्ट्रको आन्तरिक मामिला मिलाई नसकेकोले आईसिसिको बारेमा वकालत गर्नु असोभनिय भएको र गर्न नहुने।

१२. एनआरएनए जापानवाट आईसिसिलाई जानुपर्ने रकम अहिलेसम्म आधिकारिक रुपमा नपठाईएको र गलत माध्ययमबाट गएको भए आपति जनाईयो।

प्रकाशित मिति: : 2022-03-13 22:24:00

प्रतिकृया दिनुहोस्