चुनावी माहोल बनाउन शीर्ष नेताको होडबाजी

थाहा खबर

काठमाडाैँ
Breaknlinks
Breaknlinks

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी दौड तीव्र बनाएका छन्। स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रमक रूपमा निर्वाचनको तयारीमा होमिएको हो। 

प्रतिपक्षी दल मात्रै नभएर सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)मा पनि निर्वाचन केन्द्रित गतिविधिको विकास भइरहेको छ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म लाने प्रयास भइरहेको छ। भने, एमालेले आफू एक्लै गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने बताइरहे पनि आवश्यकताअनुसार मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा नेपालसँगको सहकार्यको सम्भाव्यता अध्ययन गरिरहेको छ। 

प्रकाशित मिति: : 2022-03-13 17:31:00

प्रतिकृया दिनुहोस्