एमसीसी पार्टीबाट फेल भए नैतिकताका आधारमा राजीनामा दिन्छु : प्रचण्ड

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पार्टीबाट फेल भए आफूले राजीनामा दिने बताएका छन्।

पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग यस्ताे बताएका हुन्।

उनले एमसीसीबारे पार्टीमा चुनावपछि छलफल हुने र यो प्रस्ताव फेल भएमा आफूले नैतिकताका आधारमा राजीनामा दिने बताएका हुन्।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ। फेल भयो भने राजीनामा दिन्छु। ढुक्क हुनुहोला’, अध्यक्ष प्रचण्डले भने।

एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै उनले चुनावसम्म यो विषयलाई अपिलमार्फत एउटै भाषा बनाउने र चुनावपछि फोरम चलाएर छलफल गर्ने सहमति भएको समेत बताए।

प्रकाशित मिति: : 2022-03-13 11:50:00

प्रतिकृया दिनुहोस्