रौतहटको देवाहीदेखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्षअघि नै कालोपत्रे भएको छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तत्कालीन शहरी विकास मन्त्री प्रभु साहले गत वर्ष चैत १५ गते उक्त सडकखण्डको शिलान्यास गरेका थिए।
करिब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भइरहेको छ। सडकमा कालोपत्रे पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
पूर्वमन्त्री साहको लोकप्रिय अभियानको रूपमा रहेको 'गाउँलाई हाइवेसंग जोड्ने योजना' अन्तर्गत देवाहीस्थित लालबकैया पुलदेखि गौर-चपुर हाइवेको खेसरहियासम्म जोडिने उक्त सडक बिनाकुनै मुआब्जा जनताको सहयोगमा निकालिएको थियो। सोही सडकखण्डमा पर्ने लकदेई नदीमा पूर्वमन्त्री साहकै पहलमा पुल समेत निर्माण भएको छ।