चार लाखभन्दा बढी रकम लुटेको आरोपमा एक जना पक्राउ

File Photo
File Photo

एक जना महिलाको चार लाखभन्दा बढी रकम लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार बाटोमा हिँड्दै गरेकी महिलाको हातेपर्स खोसेर चार लाखभन्दा बढी रकम लुटेको आरोपमा दाङको घोराही उपमहानगरपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही–१३ की ४८ वर्षीया झुका रोकाको चार लाख ६७ हजार ७ सय २० रुपैयाँ बोकेको हातेपर्स खोसेर भागेका घोराही–९ का अन्दाजी २४ वर्षीय गणेशकुमार डाँगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई घोराही–१३ बाट तत्काल पक्राउ गरिएको दाङका प्रहरी पवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। 

प्रकाशित मिति: : 2022-03-11 17:49:00

प्रतिकृया दिनुहोस्