साउदी अरबका परराष्ट्रमन्त्री ३० फागुनमा नेपाल आउने

Photo: Getty Images
Photo: Getty Images

साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्।

दुईदिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने भएका छन्। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।

नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति: : 2022-03-11 15:01:00

प्रतिकृया दिनुहोस्