प्रचण्डकाे दाबी- देशलाई कता लैजाने भन्ने माओवादीकै हातमा छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन्।

सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्।

उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ। देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ।’

एमसीसी पास भएपछि देश दुर्घटनामा बचेकाे उनकाे भनाइ थियाे।

उनले भने, ‘एमसीसीकै कारण देश दुर्घटनामा जाने खतरा थियाे। जुन खतरा अहिले टरेको छ।

प्रकाशित मिति: : 2022-03-11 11:55:00

प्रतिकृया दिनुहोस्