अति विपन्न ३ सय दलित परिवारको निशुल्क स्वास्थ्य बीमा

तेजन खड्का

उर्लाबारी
Breaknlinks
Breaknlinks

मोरङको रतुवामाई नगरपालिकाले नगर भित्रका अति विपन्न ३ सय दलित परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।

 नगर प्रमुख रविन राईले वडा नं. ८ बाट विपन्न दलित परिवारको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरे। कार्यक्रमको सुरु गर्दै नगर प्रमुख राईले यो  विपन्न दलित केन्द्रीत कार्यक्रम भएकोले वार्षिक ३ हजार ५सय रुपियाँ तिर्न नसक्नेलाई मात्र समेटिने बताए।

नगरले तयार गरेको तथ्याङ्कमा परेका अति विपन्नलाई स्वास्थ्यको पहुँचमा पु¥याउँन निशुल्क बीमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख राईको भनाई छ। उनले नगरको नीति तथा कार्यक्रममा नै विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिने कार्यक्रम राखिएको बताए  ।दैनिक जसो उपचार सहयोगका लागि आउनेको सङ्ख्या बढ्दै गएकोले यो कार्यक्रम ल्याइएको उनको भनाई छ। 

निशुल्क स्वास्थ्य बीमा कार्ड पाएपछि वडा नं. ८ का ५० वर्षीय टङ्कबहादुर रोकाले भने–बल्ल अभिभावक पाए जस्तो भयो। उनले उपचारका जान आउन पनि नगरपालिकाले सहुलियत गरिदिनु पर्ने बताए। 
नगरले दलित लक्षित कार्यक्रम सम्पन्न गरेपछि अरु समूदायका पनि अति विपन्नलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सँग जोड्ने भएको छ।  

प्रकाशित मिति: : 2022-03-11 00:02:00

प्रतिकृया दिनुहोस्