किसानलाई धान क्षतिको राहतदिने तयारी 

गत असोज महिनामा दाङसहित देशका विभिन्न ठाउमा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका आधारमा किसानलाई क्षतिपुर्ति दिने तयारी भएको छ।

दाङका दश स्थानीय तहका लागि ३५ करोड ९५ लाख रकम माग गरेकोमा जम्मा १० करोड मात्र जिल्लामा आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

किसानले कुल क्षति भएको मध्ये करिव २७ प्रतिशत रकम क्षतिपूर्ति बाफत सोझै बैंक खाता मार्फत् पाउने भएको ज्ञान केन्द्रका अर्थविज्ञ तथा फोकल पर्सन पृथ्वी लामिछानेले जानकारी दिए। उनका अनुसार अन्य ठाउको तुलनामा दाङमा धानबालीमा कम क्षती भएको हो।

जिल्लाभरीमा उत्पादन हुने धानको करिव २७ हजार मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए। करिब २० हजार किसानको सो परिमाणमा क्षति पुगेको बताए। 

क्षति भएको परिणाम अनुसार किसानले प्रति कठ्ठा करिब ८ सय रुपैयाँको दरले सोझै किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ। तर तुलसीपुर उपमहानगरपालिकाले भने प्रति कट्ठा १७७ रुपैँयाका दरले मात्रै दिने जनाएको छ।  

तुलसीपुर उपमहानगरको कृषि शाखाले धान खेतीमा क्षति पुगेका किसानलाई  प्रति कठ्ठा १ सय ७७ रुपैयाको दरले राहत उपलब्ध गराउने शाखाका सहायक प्रमुख रग बहादुर बबालले बताए।  

कृषि ज्ञान केन्द्र सँग स्थानीय पालिकाले आपसी समन्वय नगर्दा पालिकाका कृषि महाशाखा नै अन्यौलमा छ। तर माग गरे बमोजिमको रकम सम्बन्धित निकायले नपठाउदा थोरैमात्र रकम वितरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2022-03-10 22:13:00

प्रतिकृया दिनुहोस्