जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान

जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन्। ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो।

८ वर्षदेखि फरार रहेका यादवलाई खोजतलासको क्रममा पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई  सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको हो। 

प्रकाशित मिति: : 2022-03-10 20:26:00

प्रतिकृया दिनुहोस्