एमसिसि सम्झौता विरुद्ध छ दल दुई मोर्चा निकट संयुक्त विद्यार्थी संगठन द्धारा विरोध सभा सम्पन्न

छ दल दुई मोर्चा निकट संयुक्त विद्यार्थी संगठनले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । बिहिबार काठमान्डौं प्रदर्शनीमार्गमा उक्त सभा सम्पन्न गरेका हुन् ।  

एमसिसि सम्झौता लाई संसदले चोर बाटोबाट कथित व्याख्यात्मक टिप्णिको घोषणाको सङ्ज्ञा दिएर संसद द्धारा पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एमसीसीको विरुद्ध विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने बताएका छन्।

आन्दोलनरत विद्यार्थीहरू राजधानीका विभिन्न कलेज तथा स्कुलबाट नाराबाजी गर्दै शान्तिवाटिकामा जम्मा भइ नारा जुलुस सहित बागबजार, पुतली सडक हुँदै  प्रदर्शनी मार्गमा विरोध सभामा  गरेका हुन्।

आन्दोलनकारीहरु एमसीसी चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरू होसियार, देश बेच्न पाइँदैन जस्ता नारा लगाएका थिए । 

उक्त सभालाई अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुवर, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाही, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनको केन्द्रीय अध्यक्ष राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सिलु न्यौपाने, अनेवियुका नेता उत्सव कट्टेल, अखिल क्रान्तिकारीका केन्द्रीय संयोजकले कपिल सिजापतिले  सम्बोधन गरेका थिए । 

कार्यक्रममा क्रान्तिकारी गित तथा नृत्य समेत प्रस्तुत गरेका छन् ।   

प्रकाशित मिति: : 2022-03-10 17:59:00

प्रतिकृया दिनुहोस्