बर्दिबासस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीको घुमुवा टोलीले पर्सा जिल्लामा आतंक मचाएकाे भन्दै स्थानीयहरूले गुनासाे गरेका छन्।
सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरको प्रत्यक्ष निर्देशनमा परिचालित घुमुवाहरुले वीरगञ्जसहित पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा आतंक मचाएकाे स्थानीयहरूकाे आराेप छ।
महानिरीक्षक मगरको निर्देशनमा पर्सा जिल्लामा खटिएका सशस्त्र प्रहरी हवलदार बशिष्ट पटेल र सशस्त्र प्रहरी सहायक हवलदार सुदर्शन बैठाले तस्करहरुसंग मोटो रकम असुल गर्दै आतंक मचाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
पर्साको पाँडेपुर, पिडारीगुठी र प्रसौनीभाटा नाका हुँदै भैंसीको तस्करी समेत मौलाएको छ। महानिरीक्षक ठाडामगरकै निर्देशनमा घुमुवाहरुले महादेव भन्ने व्यापारीसंग मासिक दुई लाख रकम लिएर भारतबाट तस्करी गराउन मद्दत गरेको स्रोतले दाबीले गरेको छ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक मगरले वीरगन्जमा एकजना पत्रकारलाई समेत रकम असुल्न खटाएको स्रोतको दाबी छ।स्रोतका अनुसार ती पत्रकारले तस्करहरुसंग सशस्त्र प्रहरीका डीआईजी मगरको नाममा मोटो रकम लिने र आधा रकम आफूले राखेर बाँकी आधा रकम मात्रै डीआईजीलाई दिने गरेका छन्।
पर्सामा डीआईजी मगरले परिचालन गरेका घुमुवाहरु र ती पत्रकारले एकआपसमा सल्लाह गरेर तस्करीको लाइन दिएर रकम असुल्ने गरेको एक सशस्त्र प्रहरीले बताएका छन्।
डीआईजी मगरकै निर्देशनमा घुमुवाहरु पटेल र बैठाले पर्साको अमरपट्टी नाकाबाट पीकअप गाडीमा भारतबाट कपडा तस्करी गराइरहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार रुन्छे मदन भन्ने मदन गुप्तासंग मासिक नजराना लिएर डीआईजी मगरका घुमुवाहरुले आफैँ खटेर कपडाको तस्करी गराइरहेका छन्।