उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संखुवासभाको मादी नगरपालिका वडा नं. ६ पुलुङस्थित सात घुम्तीमा आज बस भीरबाट खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपतिले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न उनले सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन्।