राजमो महासचिव भट्टको स्पष्टीकरण : चुनावमा एमाले र राजावादीसँग तालमेल हुँदैन

File Photo
File Photo

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले आगामी निर्वाचनमा एमाले र राजावादी शक्तिसँग तालमेल नहुने स्पष्ट पारेका छन्। अन्य शक्तिसँग भने आवश्यकताका आधारमा तालमेल गर्न सकिने भट्टले बताएका छन्।

उनले गठबन्धनलाई दिएको सर्मथन फिर्ता लिएपनि सरकारलाई दिएको सर्मथन भने यथावत रहेकाे बताएका छन्। प्रतिगमनको खतरा कायमै रहेकाले गठबन्धनबाट अलग भए पनि सरकारलाई दिएको सर्मथन भने यथावत राखेकाे भट्टले स्पष्ट परेका हुन्।

भट्टले पाँच दलीय गठबन्धनबाट राजमो अलग भइसकेको अवस्थामा पार्टीले एक्लै निर्वाचन लड्न सक्नेसमेत बताएका छन्।

स्थानीय रुपमा केन्द्रीय नीतिअनुसार कोसँग तालमेल गर्ने वा नगर्ने अधिकार पार्टीले जिल्ला समितिलाई प्रदान गरेको पनि उनले स्पष्ट पारेका छन्।

सो नीति अन्तर्गत बागलुङमा पनि एमाले र राजावादी शक्तिबाहेक अन्य दलहरुसँग तालमेल हुनसक्ने उनले संकेत गरे।

प्रकाशित मिति: : 2022-03-10 11:51:00

प्रतिकृया दिनुहोस्