छोइनसक्नु महँगी

Breaknlinks
Breaknlinks

रुस–युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु महँगो बनाइएको छ । एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेललगायतको मूल्य अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अन्डा र दूधलगायतको मूल्यसमेत बढेको छ । 

युक्रेन युद्धको बहानामा नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु महँगो बनाइएको छ । एक महिनामै हरियो तरकारी, फलफूल, खाद्यान्न, मासु, खानेतेललगायतको मूल्य अकासिएको छ । देश आत्मनिर्भर रहेको भनिएको अन्डा र दूधलगायतको मूल्यसमेत बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २६ माघमा प्रतिबोरा एक हजार ६ सय २५ रुपैयाँ रहेको जिरा मसिनो चामल एक महिनापछि एक सय ७५ रुपैयाँले बढेर एक हजार आठ सय पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर ३० रुपैयाँ बढेर दुई सय ७० पुगेको छ । त्यस्तै, भटमास तेल ३५ रुपैयाँ बढेर दुई सय ५५ तथा भुटेको तोरीको तेल ४० देखि ५० रुपैयाँले बढेर तीन सय ४० देखि तीन सय ८० रुपैयाँसम्म पुगेको छ । 

प्रकाशित मिति: : 2022-03-10 08:01:00

प्रतिकृया दिनुहोस्