सोमबार, १५ डिसेम्बर २०२५

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

File Photo
• • •

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन्। बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो।

त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!