कार्य सम्पादनमा अब्बल ठहरियो गुठीचौर 

स्थानीय तहको वार्षिक कार्य सम्पादनमा जुम्लाको गुठीचौर गाउँपालिका अब्बल साबित भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन सुचकमा गुठीचौर गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर एक अब्बल गाउँपालिका साबित भएको हाे।

आयोगले गरेको कार्य सम्पादन सुचकमा गुठीचौरले जिल्लाकै स्थानीय तहमा सबैभन्दा बढी ६५.०२ अंक ल्याएको हो।

पालिकाले गरेका विकास निर्माण तथा जनताले पाउने सेवा सुविधा तथा पालिकाबाट हुने कामको मुल्याङ्कन गर्दै आयोगले अंक दिएको हो।

आम नागरिकले पाउने सेवादेखि पालिका भित्रका विकास निर्माण, धार्मिक पर्यटन र आर्थिक आयआर्जनका कार्यमा पारदर्शी एंव निष्पक्ष काम गरेको कुराको मुल्याङ्कन गरी आयोगले गुठीचौरलाई उत्कृष्ठ ठानेको हो।

गुठीचौर गाउँपालिकामा माओवादी केन्द्रबाट हरि भण्डारी विजय भएका थिए। आयोगले दिएको यो अंकसँगै गाउँपालिकाको पारर्दशीता देखिएको छ।

नागरिकको सेवा र पालिकाको विकास निर्माणमा आफूहरु अहोरात्र खटेका कारण आज यस्तो रिजल्ट आएको भन्दै पालिकाका कार्यकारी प्रमुख मदन देवकोटाले खुसी व्यक्त गरे।

प्रकाशित मिति: : 2022-03-09 12:25:00

प्रतिकृया दिनुहोस्