बिएल संवाददाता
इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १-० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।
गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २-० को जित हात पारेको थियो। योर्गान क्लोपको टोली समग्रमा २-१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो।
६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन।
त्यसको दुई मिनेट पछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।
इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो। इन्टर यसअघि सन् २०१०-११ मा क्वार्टरफाइनल र २०११-१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया