सोमबार, १५ डिसेम्बर २०२५

कस्ताे छ आजकाे माैसम ?

News Image
• • •

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी  तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ।

राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!