संसदकाे अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

File Photo
File Photo

सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका चार दलकाे बैठकले संसदप्रति जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गरेको हो।

बैठकमा स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा समेत छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी सहभागी थिए।

प्रकाशित मिति: : 2022-03-03 12:20:00

प्रतिकृया दिनुहोस्