सोमबार, १५ डिसेम्बर २०२५

सहरबाट गाउँ पसेका अभिनेता

थाहा खबर

थाहा खबर

काठमाडाैँ
News Image
• • •

सामाखुसी चोकबाट एउटा मोटर बाटो टोखा, झोर, गुर्जे भञ्ज्याङ, थाना भञ्ज्याङ, हात्तीगौँडा, सुनखानी हुँदै चीनको सिमानासम्मै पुग्छ। छहरे बजारभन्दा दुई तीन डाँडा वर काफलडाँडामा सडक छेउ मै सुशीलराज पाण्डेको ‘चौतारी खाजा घर एण्ड होम स्टे’ छ।

सुशील आफूलाई अभिनेतासँगै किसान पनि भन्न रुचाउँछन्। खेतीपाती गर्नुभन्दा अगाडि धेरैवटा फिल्ममा अभिनय गरिसकेको भए पनि गाउँ पसेपछि, खेतबारीमा काम गर्न थालेपछि बल्ल अभिनयको आफ्नो परिभाषा बनेको उनको अनुभव छ।

अब फिल्मलाई पेशाको रुपमा नलिएर कलाको रुपमा मात्रै लिने उनी बताउँछन्। उनी भन्छन्, ‘व्यवसायका लागि त यो (चौतारी खाजा घर) खोलेको छु। फिल्मलाई पेशा बनाउँदा कला मर्दै जाने रहेछ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!