सोमबार, १५ डिसेम्बर २०२५

न्यूनतम पारिश्रमिक समिति खारेज गरेर सरकारले गलत गर्‍याे : अध्यक्ष गुरूङ

News Image
• • •

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरूङले पत्रकारकाे न्यूनतम पारिश्रमिक समिति खारेज गर्नु सरकारकाे गलत कदम भएकाे बताएका छन्।

रूपन्देहीकाे सैनामैनामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) लुम्बिनी प्रदेशकाे दाेस्राे महाधिवेशन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष गुरूङले सरकारले न्यूनतम पारिश्रमिक समिति खारेज गरेर पत्रकार माथि अन्याय गरेकाे बताए।

उनले भने, ‘सरकारमा बसेपछि जाे पनि शासक बन्ने रहेछ। अहिलेकाे सरकारकाे पनि शैली त्यस्तै देखिएकाे छ। श्रमजीवी पत्रकारका लागि गठित न्यूनतम पारिश्रमिक खारेज गरेर गलत गरेकाे छ।’

विशिष्ट अतिथिसमेत रहनुभएका अध्यक्ष गुरूङले आदिवासी जनजाति हिजाेदेखि थिचाेमिचाेमा परेकाे भन्दै जसकाे उत्थानका लागि फनिज गठन भएकाे बताए।

उनले आदिवासी जनजातिका अनेकन सांस्कृतिक विविधता रहेकाे र ती संस्कृतिकाे संरक्षण, उत्थानका लागि फाेनिज पत्रकारहरूले कलम चलाउनु पर्ने धारणा राखे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!