प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता: यस्तो भयो कुराकानी

प्रधानमन्त्री शेरबहादुर देउवा  र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ। अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ट्विटरमार्फत् उनीहरूबीच कुराकानी भएको जनाएका छन्। 

प्रधानमन्त्री देउवासँग भएको कुराकानीलाई राम्रो कुराकानीको संज्ञा दिदै उनले रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भएको बताएका छन्।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिका आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने पनि बताएका छन्। 

प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन। नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो।  

नेपालको संसदबाट एमसीसी पारित गरेकाे दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन्। यो समयमा भएको फोनवार्ताको अरू वनि अर्थ र महत्व रहेको अनुमान जो कसैले पनि गर्न सक्छ।

प्रकाशित मिति: : 2022-03-02 08:00:00

प्रतिकृया दिनुहोस्