गाँजा गन्थन : बिना गृहकार्य खुला गरियो भने चोकचोकमा टाउको निहुराएका र पाइन्ट तल झारेकाहरुको बिगबिगी हुनेछ

पहिलोपोष्ट

काठमाडाैँ

जमानीमा खाएको गाँजा 
अहिले मलाई ला छ नमजा 


कालिकोट जिल्लाका कुना कन्दरामा यो गीत खुबै चर्चित छ अझैपनि। धेरै गाँजा खाएर असर गरेका केही मानिसहरूले गाएको यो गीत जस्तो गाँजा भने छैन। यसलाई अमृत मान्नेहरु धेरै छन्।

संसारभर गाँजाका तीन प्रजातिहरू अभिलेख गरिएका छन्। यो प्रजाति रोप्न नपर्ने तर खेत, बारी, पाखो तथा वन जङ्गलमा  जताततै प्रशस्तै उम्रन्छन् । तीन दशक अघिसम्म कालिकोटका केही मानिसको जीविकोपार्जनको सहयोगी थियो।  कालिकोटमात्र नभै कर्णाली क्षेत्रकै नगदे बाली जस्तै थियो। 

कालिकोटका स्थानीय प्रभाकर बराल भन्छन् ' हाम्रा गाईवस्तु गाँजामा हराउने गर्थे, गाँजाको टुप्पो हल्लिए पछि गाईवस्तु कता छन् भनेर थाहा हुन्थ्यो'। उनी विगतमा फर्किए। उनले भने 'केही मानिसहरू यसको व्यापार पनि गर्थे'।  व्यापार किन रोकियो उनले लामो समयसम्म चाल पनि पाएनन्। उनले प्रतिप्रश्न गरे 'कैलाश पर्वतमा बसेर भगवान् महादेवले प्रयोग गर्ने यो चिज कसरी नराम्रो हुन सक्छ ?'

प्रकाशित मिति: : 2022-03-01 17:27:00

प्रतिकृया दिनुहोस्