बिएल संवाददाता
यही फागुन अन्तिम साता हुने बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ। जिल्लामा रहेका सात पालिकाका खेलाडीबाट छनोट भएर आएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने जनाइएको छ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्षका रामजी ढकालले शनिबारदेखि प्रदेश खेलकुदका लागि जिल्लामा विभिन्न आठ खेलका खेलाडी छनोट सुरु गरिएको जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार एथलेटिक्स र ब्याडमिन्टन खेलका खेलाडीबीच प्रतिस्पर्धा गराएर जिल्लास्तरीय खेलाडी छनोट गरिनेछ। एथ्लेटिक्सतर्फ दौड र लङजम्पसहित ट्रयाक एण्ड फिल्ड विधामा गरी १२ महिला तथा १२ पुरुष खेलाडी छनोट गरिने तथा ब्याडमिन्टनतर्फ छ महिला र छ पुरुष खेलाडी छनोट गरिने उनले जानकारी दिए।
ब्याडमिन्टनको छनोट खेल भरतपुरको कभर्डहलमा सञ्चालन भएको छ भने एथ्लेटिक्स विधिाका सबै खेल भरतपुर–१३ को कल्याणपुरमा रहेको स्मल हेभन स्कुलमा सञ्चालन भएका छन्। यस्तै विभिन्न खेलका गरी फागुन १९ गतेसम्म जिल्लास्तरीय खेलाडी छनोटको काम हुने छ। बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य उत्तम गुरुङले लामो समय खेलकुदका गतिविधि बन्द हुँदा खेलाडीको वृत्तिविकासमा समस्या भएको उल्लेख गर्दै अब खेलकुदका गतिविधि सुरु हुँदा खेलाडीमा उत्साह छाएको बताए।
खेलकुदका गतिविधि सुरु हुन थालेपछि स्थानीय तहदेखि नै खेलका कार्यक्रम हुने भएकाले खेलाडीको वृत्तिविकाससँगै आर्थिक क्षेत्रसमेत चलायमान हुने गुरुङको भनाइ छ। जिल्लास्तरीय छनोटमा सहभागी भएका खेलाडी यही फागुन २८ देखि आगामी चैत ५ गतेसम्म हुने बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितमा सहभागी हुनेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया