देउवा, प्रचण्ड र नेपालको निर्णायक कसरत : गठबन्धन जोगाउने र मध्यमार्गी विकल्पमा एमसिसी टुंग्याउने

मध्यमार्गी विकल्पमाथि सत्तागठबन्धनको छलफल

सत्तागठबन्धनले मध्यमार्गी बाटोमार्फत एमसिसी अनुमोदन गर्नुअघि त्यससम्बन्धी पूरक प्रस्तावका रूपमा कुनै प्रस्ताव पास गर्ने विकल्पमाथि छलफल थालेको छ। यस्तो प्रस्ताव संकल्प प्रस्ताव वा पूरक प्रस्तावका रूपमा पनि आउन सक्ने नेताहरूको भनाइ छ। जसमा एमसिसीबारे अहिले प्रश्न उठिरहेका इन्डो–प्यासेफिक रणनीति, नेपालको कानुनसँग बाझिनेलगायत सबै विषय सम्बोधन हुनेछन्। त्यस्तो अवस्थामा माओवादीले पनि एमसिसीको पक्षमा मत हाल्नेछ। यद्यपि, नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल र गिरिराजमणि पोखरेल त्यसमा अझै सहमत भइसकेका छैनन्।

प्रकाशित मिति: : 2022-02-26 07:17:00

प्रतिकृया दिनुहोस्